बोर्ड अध्यक्ष कार्की भन्छन्- बजार घट्दा किन आत्तिएको ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले अहिले बजार घटेको छ भन्दैमा सबै सकियो भन्ने मानसिकता त्याग्न आग्रह गरेका छन् । उनले बजार घटबढ भइरन्छन् भन्दै नआत्तिन लगानीकर्ताहरुलाई आग्रह गरे ।
विश्व लगानीकर्ता सप्ताहका शिलशिलामा आज आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा उनले भने– सेयर बजारका बारेमा सरोकारवालाहरुबीच बेलाबेलामा छलफल भइरहनु पर्छ ।
यस्तै, सिडिएसका सिईओ देवप्रकाश गुप्ताले आफूहरुले लगानीकर्ताको हितका क्षेत्रका काम गरिरहेको भएको बताए । यस्तै, ईक्रा नेपालका किशोर पौडेल, बोर्डका निर्देशक नवराज अधिकारीले लगायताका मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज(नेप्से)का महाप्रबन्धक चन्द्रसिंह साउद, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार लगायतले उपस्थिति रहेको थियो ।