काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटकलाई भित्राउने कुरा भएपनि काम ढिलो भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित नेपालमा पर्यटक भित्राउने रणनीति सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालमा भारत र चीनबाट आउने पर्यटनलाई बढाउन सके १ हजार डलरबाट नेपालीको जिडिपी २ हजार डलर बनाउन सकिने उनले बताए ।
नेपालले सबैभन्दा बढी जिडिपी पर्यटन क्षेत्रबाट बढाउन सक्ने बताउँदै भिजिट नेपाल २०२० मा नेपाल र भारतका पर्यटकले चाहेको कुरा उपलब्ध सम्बन्धित सबैलाई आग्रह गरे ।
‘भारत र चनिका पर्यटकले के चाहान्छन् त्यसमा ध्यान दिनुपर्यो, त्यसमा निजी क्षेत्रको पनि सहयोग चाहिन्छ,’ मन्त्री अधिकारीले बताए ।
उनले पर्यटन क्षेत्रको लिमिटेसन नभएको भन्दै यसमा बढी लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
नेपालमा बाहिरी पर्यटन मात्र नभई आन्तरिक पर्यटकको आकर्षण पनि उत्तिकै मात्रामा बढाउनु पर्ने बताए ।
भिजिट नेपाल २०२० को तयारी हुँदै गरेको अवस्थामा टिआइए २४ घण्टा चलाउनु पर्ने उनले बताए । पर्यटकको वृद्धिसँगै नेपालमा ६ प्रतिशत युवाले रोजगार पाउने उनले बताए ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटकलाई नेपालमा खर्च गर्ने वातावरण बनाइदिन मन्त्री अधिकारीलाई आग्रह गरे ।
प्रतिक्रिया