काठमाडौं । साताको पहिलो र दोस्रो दिनमा दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तेस्रो दिन मंगलबार भने बढेको छ । आज नेप्से परिसूचक २.६९ अंकले बढेको हो । ०.२२ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२४१.३६ बिन्दुमा पुगेको छ ।
आज सेयर बजारमा १७१ कम्पनीले कारोबार गरेका छन् । १५ लाख ९३ हजार ७ सय कित्ता सेयर किनबेच हुँदा ४५ करोड १९ लाख ९३ हजार ४ सय ८५ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेका ६ सूचक हरियो तथा ५ सूचक रातो देखिएका छन् ।
बैंक १.६३, ट्रेडिङ १.६९, निर्जीवन बीमा १२.१५, अन्य ७.७७, माइक्रोफाइनान्स ३.०८ र जीवन बीमा १४.६२ अंकले बढेका छन् । यस्तै, होटल ०.२९, विकास बैंक ०.४४, जलविद्युत २.९१, वित्तीय १.०१, उत्पादनमूलक समूह ५.६८ अंकले घटेका छन् ।
नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९२ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । साथै, भार्गव विकास बैंकका लगानीकर्ताले ९.३५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
प्रतिक्रिया