आरएसडीसी लघुवित्तको २१ लाख कित्ता सेयर सूचिकृत

21
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आरएसडीसी लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सुचिकृत भएको छ । संस्थाको २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद सुचिकृत भएको हो ।

उक्त संस्थाको बजार पूँजीकरण २ अर्ब ७० करोड ६८ लाख २४ हजार रुपैयाँ रहेको छ । यस्तै, सोही संस्थाको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ४ सय ७० रुपैयाँ कायम रहको छ ।