टेस्लाका अध्यक्ष मस्कको एउटा यस्तो ट्वीट जसले तिर्नुपर्यो २ अर्ब ३२ करोड रुपैयाँ जरिवाना



अमेरिकी कार निर्माता कम्पनी टेस्ला इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई आफुले गरेको ट्वीट निकै नै महंगो सावित भएको छ । उनले अध्यक्ष पदबाट राजिनामा दिने घोषणा गरेका छन् भने ठूलो रकम जरिवाना समेत तिर्नुपर्ने भएको छ ।

कम्पनीलाई निजी बनाउने विषयमा गरिएको ट्वीट अमेरिकी नियम विपरित भएको हुँदा मस्कले जरिवानाले तिर्नुपर्ने भएको हो ।
बिहीबावार अमेरिकी सेक्युरिटी एण्ड एक्सचेन्ज कमिशन(एसईसी) ले फ्रडको लागि प्रभावशाली मानिएका कारोबारी तथा लगानीकर्ता मस्कलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

यो निर्णय अनुसार मस्क आगामी तीनवर्षसम्म टेस्लामा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न पाउने भएपनि उनले अध्यक्ष पद भने छाड्नुपर्ने हुन्छ ।

मस्क र टेस्लाले २० मिलियन अमेरिकी डलर नेपाली रुपैयाँ विनियमदर अनुसार २ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम जरिवाना तिर्नुपर्ने हुन्छ ।

अगस्टमा मस्कले ट्वीट गरेर इलेक्ट्रोनिक कार बनाउने कम्पनी टेस्ला सेयर बजारबाट हटेर निजी स्वामित्व कम्पनी बनाउने विषयमा बिचार गरेको बताएका थिए ।

उनले ट्वीटरमा लेखेका थिए,‘यो प्रस्तावको लागि फन्डिको व्यवस्था भएको छ।’ जसले गर्दा टेस्लाको सेयर ४२० अमेरिकी डलरसम्म पुगेको थियो । तर,केही समयमै यो कम्पनी सेयर मूल्य घट्न थाल्यो ।

सेयर बजारको नियामक निकायले भने यो ट्वीट झुठो र लगानीकर्तालाई गुमराहमामा राखिएको बताएको छ ।

एसईसीले भनेको छ,‘ सत्य र तथ्यमा मस्कले कुनैपनि लगानीकर्तासँग यो सम्झौता तथा शर्त र सेयर मूल्यको विषयमा कुराकानी गरेनन्।’
मस्कले भने एसईसीले गरेको कारवाहीलाई अन्यायपूर्ण भनेर टिप्पणी गरेका छन् । बिबिसी हिन्दीबाट


क्लिकमान्डु