मन्त्री खनाल भन्छन्- खाद्य स्वच्छताको सवालमा कसैले थर्काउदैमा डराउँदिन




काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले नियमनपनि नगर्ने र २-४ जना गुण्डाहरु ल्याएर थर्काउने कुरालाई कुनै हालतमा स्वीकार नगर्ने बताएका छन् । सरकार १ दिनको भएपनि उत्तिकै शक्तिशाली हुन्छ । उनले भने–सरकारलाई आफैमा कमजोर ठान्नु हुँदैन ।

‘खाद्य स्वच्छताको कुरामा र जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कुरामा कसैलाई पनि छोडिदैन, २\४ जना गुण्डाहरु ल्याएर थर्काउने कुरालाई कुनै हालतमा सरकारले स्वीकार्दैन,’ मन्त्री खनालले भने ।

आज आयोजित खाद्य स्वच्छता तथा गुणस्तर अभियान २०७५ कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । अनुसन्धान र सुधारको काम माछा, मासु, दूध, पानी र तेल जस्ता दैनिक उपभोग्य पदार्थमा केन्द्रित भएर गरिएको स्पष्ट पारे ।

सो कार्यक्रममा प्रदेशबाट आएका मन्त्रीहरुलाई पनि यो अभियान तलसम्म लैजान कृषि मन्त्री खनालले आग्रह गरे ।

कर्णाली प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले प्रदेशसरकार मार्फत यो अभियानलाई तलसम्म पुर्याउने बताए ।

५ नम्बर प्रदेशकी मन्त्री आरती पौडेल र प्रदेश नम्बर २ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र शाहले मन्त्रालयले ल्याएको यो आयोजनालाई आफ्नो प्रदेशमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 


क्लिकमान्डु