मुख्यमन्त्री पौडेल भन्छन्-खल्तीबाट चिट निकालेर परियोजनाका लागि बजेट विनियोजन हुँदैन



काठमाण्डौ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खल्तीबाट चिट निकालेर परियोजनाका लागि बजेट विनियोजन हुने परिपाटिको अन्त्य हुने बताएका छन् । यसअघि छलफल नै नगरी बजेट विनियोजन हुने गरेको भन्दै यसलाई सुधार गरिने उनको भनाई छ ।

नीति तथा योजना आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री पौडेलको अध्यक्षतामा हेटौंडामा बसेको बैठकले मुख्यगरी प्रदेशका गौरबका आयोजनाहरुलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

३ नम्बर प्रदेशको प्रदेश नीति तथा योजना आयोगले परियोजना बैंक निर्माण प्रक्रियालाई तिब्रता दिने निर्णय भएको बताइएको छ । परियोजना बैंक निर्माणका लागि आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा तीन सदस्यीय प्राविधिक समित बनाउने निर्णय गरेको छ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, प्रमुख सचिब आनन्दराज ढकाल, नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, आर्थिक मामिला तथा योजना मन्त्रालका सचिब केवल भण्डारीको सहभागिता रहेको थियो ।

यसैगरी मुख्यमन्त्री पौडेलले नीति तथा योजना आयोगको आधिकारिक वेव साईटको पनि सुरुवात गरेका थिए । मुख्यमन्त्री पौडेलले www.pppc.p3.gov.np उद्घाटन गरेका हुन् ।


क्लिकमान्डु