कैलाश विकास बैंकको १७ प्रतिशत नगद लाभांश प्रस्ताव



काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७४\०७५ को नाफाबाट आफ्ना सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश स्विकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

आगामी साधारण सभाबाट पारित भएपछि सो लाभांश शेयरधनीलाई वितरण गरिने बैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।


क्लिकमान्डु