दशैँमा मोटर किन्दा अफरै अफर, भाग्यशाली ग्राहकले २ हजार ७५ मै महिन्द्राको टु ह्वीलर पाउने




काठमाडौं । के तपाईँ यसवर्ष दशैँतिहार पर्वमा नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ ? पक्कैपनि नयाँ सवारी साधन चढ्ने सोच बनाउनु भएको छ होला । यदी नयाँ गाडी किन्ने योजनामा हुनुहुन्छ भने चाडपर्व लक्षित गरेर विभिन्न मोटर्स कम्पनीहरुले ग्राहकहरुलाई आकर्षित गराउन अफर ल्याएका छन् ।

मोटर्स कम्पनीहरुले यसपटक के के अफर ल्याएका छन् त ? आज हामीले तपाईँहरुको सुबिधाका लागि यसैबारेमा खोजबिन गरी यो सामाग्री तयार पारेका छौं ।

दशैं तिहारको उपलक्ष्यमा सवारी साधन बिक्री वितरण गर्ने कम्पनीहरुले यसपटक पनि अफरको ल्याएका छन् । दशैँ पर्वमा नयाँ चिज भित्राउने प्रचलनसँगै ग्राहक आकर्षण गर्न विभिन्न मोटर्स कम्पनीले विभिन्न अफर ल्याएका हुन् ।

यसै क्रममा महिन्द्रा टु ह्वीलरको आधिकारिक विक्रेता अग्नी मोटो इन्कले दशैँ, तिहार तथा छठको अवसरमा ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत हरेक महिन्द्रा टु ह्वीलरका खरिदकर्ताहरुले स्क्र्याच कुपन प्राप्त गर्ने छन् । उक्त स्क्र्याच कुपनमा भएको रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सकिने छ ।

सो योजना अन्तर्गत न्यूनतम २ हजार ७५ रुपैयाँसम्ममा महिन्द्राको टु ह्वीलर किन्न सकिने छ ।

यस्तै, हिरोले ‘दशैँतिहार बन्नेछ हिरोमाञ्चक’ अफर ल्याएको छ । यस अफर अन्तर्गत हिरोले आफ्ना ग्राहकहरुका लागि स्कुटरमा ८ हजार रुपैयाँ र बाइकमा ६ हजार रुपैयाँ पक्का छुटको व्यवस्था गरेको हो ।

दशैँमा ग्राहकहरुलाई आकर्षित गर्न हिरोले यस्तो अफर ल्याएको हो । यसका साथै हरेक स्क्र्याचमा १ लाख रुपैयाँसम्मको क्याशको व्यवस्था गरेको छ ।

बम्पर उपहारको रुपमा हिरोले हरेक १५ दिनमा १ लाख रुपैयाँ दिने व्यवस्था गरेको हो ।

गाडी किन्दा यस्तो छ अफर


यस्तै, टाटा मोर्टसले बडादशैँ मेघा अफर योजना ल्याएको छ । हरेक कारमा एउटा आइफोन एक्स सितैमा देखि २ लाख रुपैयाँसम्मको भारी छुट दिने भएको छ ।

अफर अन्तर्गत टाटाले १ वर्षको फ्री इन्सोरेन्स र १६ हजार ८ सय रुपैयाँको किस्तामा पनि टाटाका गाडी वितरण गर्ने जनाइएको छ । यस्तै केही गरी गाडी बिग्रेमा २५ हजार रुपैयाँसम्मको मर्मत टाटा मोर्टस आफैले गरिदिने भएको छ ।

यसैगरी महिन्द्र ग्रुपले जहाँ जहाँ जानुस महिन्द्रा चढी, सेवा पाउनुहुन्छ दशैभरि नाराका साथ ‘अफर एकछिनको खुसी सेवा सधै भरिको’ दशैँ योजना ल्याएको छ ।
जस मार्फत महेन्द्रले १०.५ प्रतिशत ब्याजदर मै आफ्ना बिक्रीका लागि राखेको जानकारी दिएको छ ।

यो अफर ७ वटै प्रदेशमा सञ्चालन रहेको महेन्द्रले जानकारी दिएको छ ।
एमजी मोर्टसले आफ्ना गाडीहरुमा २ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मको छुटको व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।

स्याकर ट्रेडिङले आफ्ना होन्डामा १ लाख १० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ ।

स्कोडा मोर्टसले आफ्ना ग्राहकले दशैँ तिहारमा किस्तामा गाडी लिंदा ६ महिनाको इएमआई (किस्ता) को रकम आफंैले तिरी दिर्ने योजना ल्याएको जानकारी दिएको छ ।

कम्पनीद्धारा सञ्चालित एमआईपीएल फाइनान्सबाट किस्तामा गाडी किन्ने ग्राहकलाई स्कोडाले यस्तो अफर लयाएको हो ।


क्लिकमान्डु