नेप्से फेरि घट्यो, २.३१ अंकले घट्दा ९१ करोडको कारोबार



काठमाडौं । साताको चौथौ दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । परिसूचक घटेसंगै कारोबार रकम समेत घट्न पुगेको छ ।

मंगलबार अर्ब नाघेको बजार आज ९१ करोडको कारोबारमा सीमित हुन पुग्यो ।मंगलबार २१.९७ अंकले बढेको नेप्से परिसूचक आज २.३१ अंकले घट्न पुगेको हो । आज ०.१८ प्रतिशत घट्दा नेप्से परिसूचक १२७७.७४ बिन्दुमा पुगेको छ ।

आज सेयर बजारमा १ सय ७१ कम्पनीले कारोबार गरे । ३ करोड ४५ लाख ४३ हजार ८ सय ५० कित्ता सेयर किनबेच हुँदा ९१ करोड ४६ लाख ५६ हजार ८ सय ८४ रुपैयाँको कारोबार भयो ।

नेप्सेको आज २ सूचक मात्र हरियो रहेका छन् । अन्य समूह ०.६८ प्रतिशत र जीवन बीमा ३०.४८ अंकले बढेका हुन् ।

बैंक २.६९, होटल ९.९८, विकास बैंक ६.७ , जलविद्युत २.९८, वित्तीय ३.२७, निर्जीवन बीमा २४.२७, उत्पादनमूलक समूह १७.७५ र माईक्रोफाईनान्स १.०४ अंकले घट्न पुगेका छन् ।

बजार घटेको दिनपनि समता माईक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९३ प्रतिशतले नाफा कमाएका छन् । यस्तै, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने ५.७९ प्रतिशतले घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु