पाँच तारे र्याडिसन होटलले एफपिओ निकाल्ने



काठमाडौं । र्याडिसन होटलले थप सार्वजनिक निष्कासन(एफपिओ) जारी गर्ने भएको छ ।

होटलको संचालक समितिको बैठकले आगामी साधारणसभामा संस्थापन सेयरधनीको हिस्सा ५५ र सर्वसाधारणको ४५ हुने गरेर प्रिमियम मूल्यमा एफपिओ निकाल्ने निर्णय गरेको छ ।

साधारणसभाले एफपिओको प्रस्ताव पारित गरेर धितोपत्र बोर्डले अनुमति दिएपछि होटलले एफपिओ निकाल्ने छ ।

र्याडिसन होटलले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर तथा ११.२ प्रतिशत नगद लाभांश दिन लागेको छ ।

बोनस सेयर वितरणपछि होटलको चुक्ता पुँजी १ अर्ब ७ करोड हुने छ ।
अहिले दोस्रो बजारमा यसको सेयर मूल्य ५४० रुपैयाँ हाराहारीमा रहेको छ ।

होटलले कात्तिक १२ गते साधारणसभा बोलाएको छ ।


क्लिकमान्डु