पोखरा फाइनान्स वेष्ट म्यानेज फाइनान्सको अवार्डबाट सम्मानित



काठमाण्डौ । कास्कीको पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड नेपालका फाइनान्स मध्येको उत्कृष्ठ ब्यवस्थापन भएको फाईनान्समा चुनिएको छ ।

न्यू बिजनेश एज प्रालिको आयोजनामा गतसोल्टी होटलमा सम्पन्न बिजनेश अवार्ड कार्यक्रम न्यू विज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८ को वेष्ट म्यानेज फाइनान्स कम्पनीबाट सम्मानित भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले बताए ।

देशभर रहेका व्यवसाहिक संस्था मध्येबाट विभिन्न विधामा उनीहरुको कार्य मुल्याड्ढनका आधारमा विज्ञ समुह छनोट गरेको उत्कृष्ट कम्पनीहरुलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो ।


क्लिकमान्डु