दार्चुलाको विद्यालयलाई जनता बैंकद्वारा कम्प्युटर हस्तान्तरण



काठमाण्डौ । जनता बैंक नेपाल लिममिटेडद्वारा दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई ४ (चार) थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।

बैंकका दार्चुला शाखा प्रमुख प्रकाश दत्त भट्टले एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको उक्त विद्यालय सदरमुकाम खलंगाबाट ४ घण्टाको पैदल दुरीमा रहेको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक गीता कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरुको कम्प्युटर सिकाईलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहने बिचार ब्यक्त गरिन् । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको छ ।


क्लिकमान्डु