महालक्ष्मीका ग्राहकले नर्भिकमा ५ देखि ३० प्रतिशत छुट पाउने



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज प्रालिसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले नर्भिक अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा ५ देखि ३० प्रतिशत सम्मको छुट पाउने छन् ।

प्याथोलोजी, रेडियोलोजी (सिटी\एम.आर.आई स्क्यान सहित), मेमोग्राम, कार्डिएक नन इनभेसिभ परीक्षण तथा सर्जिकल चार्जमा बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले १० प्रतिशत छुट प्राप्त गर्नेछन ।

नर्भिक वार्षिक हेल्थ प्याकेजमा ३० प्रतिशत सम्मको छुट र बेड चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह ज्यूले उक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, बैंकका कर्मचारी लगायत कर्मचारीका परिवार(बाबु–आमा, श्रीमान–श्रीमती, तथा दुई सन्तान)ले नर्भिक इन्टरनेशनल हस्पिटलमा उल्लिखित छुट प्राप्त गर्न सक्ने बिज्ञप्ति मार्फत जनाइएको छ ।


क्लिकमान्डु