एउटा संयोग: नेपालमा सेयर लगानीकर्तामा खुसियाली छाउदा भारतका सेयर लगानीकर्तामा रुवाबासी

2.7k
Shares

काठमाडौं । नेपालीहरुले भारतीय सेयर बजारमा लगानी गरेको कुरा सबैलाई जानकारी नै छ । सेयर बजारमा सक्रिय रहेका ठूला लगानीकर्ता र ब्रोक्ररहरुले भारतीय सेयर बजारमा समेत आफ्नो लगानी गरेका छन् ।

नेपालको र भारतको सेयर बजारमा धेरै कुराको फरक छ । भारतमा सेयर कारोबारको लागि दुईवटा एक्सचेन्ज छ । लगानी, बजारको विकासको आधारले भारतीय सेयर बजार धेरै नै अगाडि छ ।

करिब एक महिना अगाडिसम्म भारतीय सेयर बजारले हरेक दिनजसो नयाँ रेकर्ड बनाएको थियो । नेपालमा भने लगानीकर्ताले सेयर बजारमा आफ्नो सम्पत्ति गुमाएका थिए ।

एक महिना अगाडि नेप्से परिसूचक ११७५ बिन्दुमा थियो । आजको दिनमा नेप्से परिसूचक १२८० बिन्दुमा आएको छ । एक महिनाको अवधीमा नेप्से परिसूचक १०० बिन्दुले बढेको छ ।

भारतको सेयर बजार बढ्दा नेपालको घट्ने र नेपालको बढ्दा भारतको बढ्ने कुनैपनि कारण छैन । यो एउटा संयोगमात्र हो ।

भारतको प्रमुख सेयर बजार मुम्बई स्टक एक्सचेन्ज(बिएसई)को अघिल्लो महिना इतिहासकै उच्च ३८ हजार ८९६ बिन्दुमा थियो । यस्तै नेशनल स्टक एक्सचेन्ज(एनएसई) ११ हजार ७३८ बिन्दुमा थियो । सेयर लगानीकर्ता र बोक्ररहरुले हरेक दिनजसो लड्डु र मिठाई बाड्ने काम गरेका थिए ।

तर,उच्च बिन्दुमा पुगेपछि भने भारतीय सेयर बजार ओरालो लागेको छ । मुख्य रुपमा कच्चा तेलको मूल्यमा भएको बृद्धि र डलरको तुलनामा भारतीय रुपैयाँ हरेक दिनजसो कमजोर बन्दै गएपछि भारतीय सेयर बजार घटिरहेको छ ।

अहिले बिएसई परिसूचक ३६ हजार ३ सय ५ बिन्दुमा आएको छ । यस्तै एनएसई परिसूचक ११ हजारमा छ ।