मेरो माइक्रो फाइनान्सले १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट सेयर लगानीकर्तालाई बोनश सेयर तथा नगद लाभांश दिने भएको छ ।
फाइनान्सले १५ प्रतिशत बोनश सेयर तथा ११.३२ प्रतिशत नगद लाभांश दिने जनाएको हो । यस्तै, कर प्रयोजनको लागि भने २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।
बोनश सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात संस्थाको साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
साथै, असोज १७ गतेदेखी कार्तिक ९ गतेसम्म संस्थाको सेयर धनी दर्ता किताब बन्द गर्ने निर्णय भएको छ । संस्थाले छैठौं वार्षिक साधारण सभाका लागि सेयर धनी दर्ता किताब बन्द गरिन लागेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए ।