ग्रीन डेभलपमेन्ट बैंकमा आयो नयाँ संचालक समिति



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले संस्थापक तथा सर्वसाधारण सेयर धनीहरुको प्रतिनिधि चयन गरेको छ ।

बैंकले संस्थापक तर्फ प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण तर्फ रिक्त १ जनाको चयन गरेको हो ।

यसरी चयन भएका मध्येमा संस्थापक तर्फबाट गणेश कुमार श्रेष्ठ, कृष्ण शंकर श्रेष्ठ र श्याम प्रसाद श्रेष्ठ रहेका छन् । यस्तै, सर्वसाधारण तर्फबाट प्रकाश कुमार श्रेष्ठ रहेको बैंकको प्रबन्धक प्रज्वल श्रेष्ठले जानकारी दिए ।


क्लिकमान्डु