र्याडिसन होटलले दिने भयो १५ प्रतिशत बोनस सेयर तथा ११.३२ प्रतिशत नगद लाभांश



काठमाडौं । र्याडिसन होटलले आर्थिक बर्ष ०७४÷०७५ को नाफाबाट सेयर लगानीकर्तालाई बोनश सेयर तथा लाभांश वितरण गर्ने भएको छ ।

होटलले १५ प्रतिशत बोनश सेयर तथा ११.३२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो ।

हाल होटलको चुक्तापूँजी ९३ करोड ४२ लाख ३६ हजार ३ सय ८७ रुपैयाँ रहेको छ ।
होटलले कात्र्तिक १२ गते आफ्नो २१ र्औं वार्षिक साधारण सभा गर्ने जानकारी दिएको छ ।

सोही प्रयोजनको लागि असोज १९ गतेदेखी कात्र्तिक १२ गतेसम्म होटलको सेयर दाखिल खारेज बन्द रहने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।


क्लिकमान्डु