मध्यरातमा श्रीमतीसँगको झगडाले यी युवालाई पुर्यायो जेल, ११ वटा अभियोग !



बाल्टिमोर । नेपालमा श्रीमान-श्रीमतीको झगडा सामान्य हो । अरु महिलामाथि हुने गरेको हिंसाको त कुनै हिसाब नै छैन । दिनानुदिन नेपालमा महिल हिंसाका घटना बढिरहेको बेला अमेरिमा रहेका एक नेपालीलाई भने रिसको झोकमा श्रीमतीसँग गरेको झगडाले जेल पुर्याएको छ ।

अमेरिकाको पेनसेलभेनिया राज्यको लंकष्टरमा बस्ने ३० वर्षिय चन्द्र बहादुर बुढाथोकीले अघिल्लो साता घर झगडाको क्रममा आफ्नो रिसलाई नियन्त्रण गर्न सकेनन् । प्रहरीको अनुसार बुढाथोकी नाबालक छोरीसहित श्रीमतीमाथी जाईलागे ।

कारण सार्वजनिक नभएपनि प्रहरीको रिपोर्ट अनुसार रिसले आगो बनेका बुढाथोकीले श्रीमतीलाई मार्ने धम्की दिए । प्लाष्टिकको कुर्सीले हान्नुको साथै चक्कुले मार्ने धम्की दिएका बुढाथोकीको रिस नियन्त्रणमा नआएपछि उनकै जेठी छोरीले नै प्रहरीमा खबर गरिन् । उनलाई रातीनै प्रहरीले पक्राउ गरेर त लग्यो । तर सो घटनामा करिब ११ वटा अभियोग लगाउँदै उनलाई अदालतमा पुर्याईएको छ ।

उनले आफ्नी पत्नी तथा नाबालक छोरीलाई मार्ने धम्की दिएको, नाबालकमाथि हिंसा गरेको, प्रहरीलाई अहयोग गरेको लगायतका घरेलु हिंसाका विभिन्न आरोप उनीमाथि लगाईएको छ । उनलाई ४ वटा आतंकवादी, एउटा बालबालिकाको कल्याणको खतरा, एउटा पक्राउ गर्दा प्रतिरोध तथा एक उपद्रो ब्यबहार सहित ७ वटा आरोप लगाइएको स्थानीय नगर प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी आएपछि समेत उनले प्रहरीमाथि पनि जाईलागेको जनाईएको छ ।

लगाईएको विभिन्न आरोप सत्य भए उनलाई ५ देखि ७ वर्ष जेल सजाय र प्रत्येक आरोप अनुसार थप सजाय पनि हुनसक्छ । उनलको अदालतमा सुनुवाई भईरहेको छ भने गोपनियताको लागि परिवारको थप विवरण सार्वजनिक गरिएको छैन । उनी सन् २०१२ देखि पेनसिलभेनियामा बस्दै आएका थिए ।

अमेरिकामा महिला तथा बालबालिकाको अधिकार कडा पारिएको छ । केही समय अगाडि मात्रै मेरिल्याण्डमा बस्ने एक नेपालीलाई आफ्नो नाबालाक छोरालाई पिटेको आरोपमा प्रहरीले पक्राउ गरेर लगेको थियो ।

अमेरिकामा नाबालकमाथि हिसां भएको ठहरिए निकै ठूलो सजाय र धरौटी तिर्नुपर्ने हुनसक्छ । पटकपटक यस्ता घटना भए पिडकलाई नेपालै फर्काइदिनेसम्मको कारबाही हुनसक्छ ।

यहाँ बालबालिकालाई स्कुलमा आपतकालिन अवस्था, कसैले दुव्र्यबहार गर्दा, कसैले कुट्दा ९११ मा फोन गरेर प्रहरीलाई बोलाउन सिकाईएको हुँदा बच्चाको सन्दर्भमा निकै सजक हुनुपर्छ ।

महिला हिंसालाई समेत अमेरिकामा निकै ठूलो हिंसाको रुपमा लिने गरिएको छ । सामान्य झगडा पनि प्रहरीकोमा पुगे ठूलो सजाय हुनसक्छ ।


पुष्प दुलाल