एफपिओमा प्रतिकित्ता ३३३ हाल्न डराएका लगानीकर्ता दोस्रो बजारमा एनएमबिको सेयरमा आकर्षित



काठमाडौं । एनएमबि बैंकको सेयर मूल्य गत एक महिनाको तुलनामा बढ्दो क्रममा रहेको छ । एनएमबिको सेयर मूल्य बढ्दै गर्दा लगानीकर्तापनि ईपिएस र रिजर्भ फण्डप्रति सकारात्मक रहेका छन् ।

एफपीओ जारी हुने क्रम घट्दै जानुले नै बैंकको सेयरप्रति लगानीकर्ताको आकर्षण बढेको लगानीकर्ताको तर्क रहेको छ ।

एनएमबि बैंकको सेयर मूल्य गत भदौ १३ गते बुधबार दोस्रो बजारमा प्रतिकित्ता ३ सय ११ रुपैयाँ थियो । हाल सोही बैंकको सेयर प्रतिकित्ता ५७ रुपैयाँले बढेको छ ।

एनएमबिको सेयर प्रतिकित्ता ३ सय ६८ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । एनएमबिको बजार पूँजीकरण ३२ अर्ब १७ करोड ७१ लाख २५ हजार ८ सय ५६ रुपैयाँ रहेको छ । साथै, सो बैंकको ८ करोड ७४ लाख ३७ हजार ८ सय ४२ कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ ।

एनएमबि बैंकको सेयर मूल्य बढ्दो क्रममा रहेको लगानीकर्ता निर्मल न्यौपानेले हकप्रदको बाढी कम हुनु नै बैकको सेयर बढ्नुको एक कारण भएको अनुमान लगाए । ले भने भने- ‘बैंकको सेयर भाउँ धेरै महङ्गो छैन, लगानीकर्ता हकप्रदको साटोमा बैंकको सेयरप्रति नै आकर्षित भएको देखिन्छ ।’

उनले कम्पनीको रिजर्भ फण्ड सकारात्मक हुँदा लगानीकर्ताले किन्न रुचाउने बताए । हाल एनएमबिको रिजर्भ फण्ड राम्रो छ । यस्तै, यसको पिरेसियो पनि सकारात्मक रहेको तर्क दिए ।

न्यौपानेको विचारमा कमाई राम्रो भएका कम्पनीको भाउँ बढ्दै जानु स्वभाविक पनि हो । उनी भन्छन्– पेड अफ क्यापिटल राम्रो हुनुले पनि बैंकको भाउँलाई असर पारेको छ ।

यस्तै, अर्का लगानीकर्ता हरिगोपाल श्रेष्ठका अनुसार एनएमबी बैंकको कारोबारको दायरा नेपाल बाहिर जाने सम्भावनाले लगानीकर्ता आकर्षित भएका हुन् ।

श्रेष्ठले भने–‘एनएमबि बैंक अन्र्तराष्ट्रिय कारोबारमा समावेश हुने हल्ला बजारमा फैलिरहेको छ, यसले नै सेयर मूल्यमा समेत असर पारेको हो । ’ श्रेष्ठले तथ्यगत रुपमा एनएमबी अन्र्तराष्ट्रिय कारोबारमा सहभागी नभइसकेको भएपनि लगानीकर्तामा यसले सकारात्मक संकेत भने पक्कै दिएको जानकारी दिए ।

यसैगरी लगानीकर्ता बालेश्वर खड्काले आधारभूत सूचक नै राम्रो भएकाले एनएमबीको सेयर मूल्य बढेको बताए । खड्का भन्छन्-‘बैंकको आधारभूत सूचक मूख्य कुरा हो, हाल एनएमबीको आधारभूत सूचकहरु सकारात्मक छन्, त्यसैले मूल्य समेत बढ्दै गयो ।’ उनले कम्पनीको ईपिएसले सेयरको भाउँ निर्धारणमा भूमिका खेल्ने बताए ।

एनएमबिको सेयर मूल्यमा पनि ईपिएसको प्रभाव परेको उनले बताए ।

एनएमबि बैंकले जेठ ३० देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गरेको थियो । आवेदन अनुसारको एफपिओ बिक्री भएपनि निकै कठिन तरिकाले एफपिओ बिक्री भएको थियो । सो समयमा लगानीकर्ताले प्रतिकित्ता ३३३ दरले एफपिओ हाल्नपनि डराएका थिए ।


क्लिकमान्डु