शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको थप २ शाखा विस्तार
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले रुपन्देही जिल्लाको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँ पालिकाको फर्साटिकरमा शाखा कार्यालय बिस्तार गरेको छ ।
शाखा विस्तार पश्चात रुपन्देहीमा १२ शाखा कार्यालय पुगेका छन् भने कुल शाखा संख्या ३६ र १ वटा एक्सटेन्सन कार्यालय रहेको छ । बैंकले रुपन्देही जिल्लाको शंकरनगर र कोटिहवा तथा नवलपरासी जिल्लाको सुनवलमा छिट्टै शाखा विस्तार गर्ने जनाएको छ ।
असोज २८ गते साधारण सभा गर्दै
गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएको बैंकले जनाएको छ । यसैबीच असोज २८ गते १० औंं बार्षिक साधारण सभा गर्न लागेको जनाइएको छ ।
चुक्ता पूँजी १ अर्व ६२ करोड रहेको यस बैंकले हालसम्म १४ अर्व ६५ करोड निक्षेप परिचालन गरि १३ अर्व २१ करोड कर्जा लगानी गरेको बिज्ञप्ति मार्फत जनाएको छ ।