बुढीगण्डकीलाई भकुण्डो बनाइएको भन्दै बाबुराम भट्टराईको आपत्ति

63
Shares

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनालाई भकुण्डो बनाइएको भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले भनेका छन्– ‘बुढीगण्डकी जस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो नबनाऊ ।’

देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यिय रुपमा बनाउन सक्दैन भनेर आफ्नो पालामा नै राज्यले विकास समितिमार्फत बनाउने निर्णय गरी काम सुरु गरेको बताएका छन् ।

उनले ह्याट्सट्याग समेत राखेर सेभ बुढीगण्डकी समेत लेखेका छन् । 

Skip This