कुन ठाउँमा जान कति लाग्छ गाडी भाडा ? (सूचिसहित)



काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको छ ।

सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानेर भाडादर निर्धारण हुने गरेको थियो । सोही अनुसार विभागले भाडादर निर्धारण गरेको हो ।

विभागले भाडादर तय गर्दा पट्रोलको प्रतिलिटर मूल्य ९९ रुपैयाँ र डिजेलको मूल्य ७५ रुपैयाँ रहेको थियो। तर, हाल पेट्रोलको प्रतिलिटर मूल्य ११४ रुपैयाँ र डिजेलको प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ ।

काठमाडौं उपत्यका सहित सहरी क्षेत्रभित्र यात्रु चढ्नासाथ दिने भाडा १३ रुपैयाँबाट १५ रुपैयाँ बनाइएको छ । यसअघि न्यूनतम भाडा १३ भएपनि गाडी संचालकले २ रुपैयाँ बढी १५ रुपैयाँ लिने गरेका थिए ।


सूचि हेर्न यहा क्लिक गर्नुहोस्

 


क्लिकमान्डु