एभरेष्ट बैंकका ग्राहकले स्टार हस्पिटलमा छुट पाउने



काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड तथा स्टार हस्पिटलबीच स्टार हस्पिटलबीच संझौता भएको छ । संझौता अनुसार अस्पतालको सेवा प्रयोग गर्दा बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डर ग्राहकलाई विषेश छुट प्रदान गर्ने उल्लेख गरिएको छ ।

यो छुट बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी,सीटी स्क्यान, तथा पीटीएफ मेडिसिनमा पाउन सक्नेछन् ।

यस सम्बन्धि संझौतामा बैकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख सञ्चालन अधिकुत सन्देश जीसीले हस्ताक्षर गरे ।


क्लिकमान्डु