सुजुकी बाइक र स्कुटरमा यस्तो छ दशैंतिहार अफर



काठमाण्डौ । नेपालको लागि बिशाल ग्रुप अन्तर्गत भीजी अटोमोबाइलस प्रालिबाट बिक्री बितरण हुँदै आएको जापानिज कंपनीबाट उत्पादित सुजुकी बाइक तथा स्कूटरमा दशै तथा तिहारको उपलक्ष्यमा छुट दिइने भएको छ ।

बाइकको खरीदमा ८ हजार रुपैया र स्कुटरको खरीदमा १० हजार रुपैयाँ छुट हुने र बम्पर उपहारमा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकले लक्की ड्र मार्फ़त बिजयी भइ जपान जान पाउने छन ।

यो स्कीम भाद्र २० गतेबाट कार्तिक ३० गते सम्म लागू हुनेछ । यो स्कीमबाट सुजुकी बाइक तथा स्कूटर को धेरै बिक्री हुने र स्कीम अवधी भर फाइनान्स क्यास र एक्सचेन्ज मार्फ़त कम्पनिले बिक्री बितरण गर्नेछ ।

नेपाल अधिराज्य भरी कुनैपनि सुजुकी शोरुमबाट बाइक तथा स्कूटर सजिलोसंग खरीद गर्न सकिने र स्कीम अवधी भर सुजुकी बाइक र स्कूटर गरेर ४२ सय बेच्ने लक्ष्य रहेको भीजी अटोमोबाइल्स प्रालि सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइरालाले जानकारी दिए ।


क्लिकमान्डु