राष्ट्र बैंकको होलसेल मूल्य सुचांक नयाँ व्यवस्था,थपियो वस्तु र बजार



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने होलसेल सुचांकको आधार वर्ष परिवर्तन गरेको छ ।

राष्ट्र बैंकले एक कार्यक्रमको आयोजना गरेर २०५६/ ५७ मा रहेको आधार वर्षलाई परिवर्तन गरेर आर्थिक वर्ष २०७४÷७५ बनाएको छ ।

यस्तै मूल्य सुचांक निकाल्दा पहिले २० वटा बजार केन्द्र र ७१ वटा मात्र वस्तुको होलसेल मूल्य लिने गरिएमा अबदेखि २४ वटा बजार केन्द्र र २६२ वस्तुको मूल्य लिएर सुचांक निकाल्ने भएको हो ।

राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले नेपालीहरुको उपभोगको बानीमा परिवर्तन भएको हुँदा मूल्य सुचंकमा समावेश हुने वस्तुको संख्या बढाइएको बताए ।
‘होलसेल मूल्य सुचांक निकाल्न थालेपछि पहिलो पटक बजार केन्द्र बस्तुको संख्या र आधारवर्ष परिवर्तन गरिएको छ,’थापाले भने ।

उनले राष्ट्र बैंक आफैले मूल्य संकलन नगर्ने र यसको लागि सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई खटाउने जानकारी दिए ।

राष्ट्र बैंकले उपभोक्ता मूल्य सुचांक निकाल्नको लागि आधार वर्ष २०७१÷७२ लाई लिएको ।

राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले अर्थतन्त्रको संरचनामा परिवर्तन भएपछि मूल्य सुचांक निकाल्ने वस्तु र वर्ष परिवर्तन गरेको बताए ।

‘यसले बजारमा जे छ,त्यही खालको तथ्यांक ल्याउन सहयोग हुन्छ,’ गभर्नर नेपालले भने ।


क्लिकमान्डु