२.६१ अंकले बढ्यो नेप्से, ६९ करोडको कारोबार



कठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले वृद्धि भएको छ । कारोबार रकममा भने आज उल्लेख बृद्धि भएको देखिएको छ ।

आज नेप्से परिसूचक २.६१ अंकले बढेको हो । ०.२१ प्रतिशतले बढदा नेप्से परिसूचक १२५७.६८ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा आज १६७ कम्पनीले कारोबार गरेका छन् । ७ करोड ६६ लाख ५७ हजार ५ सय ४ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ३६ लाख ६१ हजार २ सय ५६ रुपैयाँको कारोबार भएको छ ।

बैंक ८.८४, ट्रेडिङ ९.७१, होटल ७.४४, विकास बैंक १.४३, जलविद्युत ६.३९, वित्तीय २.४३ अंकले बढेका छन् । निर्जीवन बीमा ६२.६३, उत्पादनमूलक समूह २.३३, अन्य ८.९९, माईक्रोफाइनान्स ८.९२ र जीवन बीमा २३.४७ अंकले घटेका छन् ।

साल्ट ट्रेडिङ् कर्पोरेशनका लगानीकर्ताले ८.९८ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । साथै, कालीका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.४३ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु