भार्गव विकास बैंकले ५ प्रतिशत बोनस शेयर दिने



काठमाडौं । भार्गव विकास बैंकले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट सेयर लगानीकर्तालाई बोनश सेयर दिने भएको छ । विकास बैंकको असोज ५ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

विकास बैंकले जारी चुक्तापूँजीको ०.२९ प्रतिशत नगद लाभांश बराबर १३ लाख ८९ हजार ४ सय ७३ रुपैयाँ वितरण गर्ने भएको हो । यस्तै, चुक्तापूँजीको ५.५५ प्रतिशत बोनश सेयर बराबर २ करोड ६४ लाख रुपैयाँ जारी गर्ने भएको हो ।

विकास बैंकले दशौं बार्षिक साधारण सभा असोज २७ गते गर्ने जनाएको छ । सोही साधारण सभाका लागि विकास बैंकको दाखेल खारेज असोज १९ गते १ दिन बन्द रहने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव पुष्करराज जोशीले जानकारी दिए ।


क्लिकमान्डु