एनसीसी बैंकको हकप्रद भर्ने म्याद १५ दिन थपियो



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले निष्काशन गरेको हकप्रद सेयरको म्याद थपिएको छ । बैंकले साउन १५ गतेसम्म कायम रहेका सेयर धनीहरुलाई सय अंकित दरमा २ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।

२ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद साधारण सेयर भदौ ४ गतेदेखि असोज ७ गतेसम्म बिक्री खुल्ला गरेको थियो ।

बैंक संचालक समितिको बैठकले १५ दिनकालागि उक्त हकप्रद सेयरको म्याद थप गर्ने निर्णय गरेको हो । यसरी म्याद थप गरे पश्चात हकप्रदको म्याद असोज २२ गतेसम्म पुगेको छ ।

हालसम्म हकप्रद सेयर खरिदका लागि दरखास्त नदिने सेयर धनीले आफ्नो हक अनुसार असोज २२ गतेसम्म दरखास्त दिई हकप्रद खरिद गर्न सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले जनाएको छ ।


क्लिकमान्डु