दशैंको मुखमा ओली सरकारको जनतालाई उपहार, गाडी भाडा १० प्रतिशत बढ्यो



काठमाडौं । नेपालीहरुको ठूलो चाड दशैं अगाडि सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने भएको छ ।

शनिबार राती यातायात व्यवस्था विभाग र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार सरकार १० १० प्रतिशत भाडा बढाउन सहमत भएएको हो ।

व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ खोल्नको लागि भाडा बढाउने माग राख्दै आएका थिए ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएपछि सो अनुसारको भाडा बृद्धि गर्नुपर्ने माग व्यवसायीको थियो । भाडा बढाउने सरकारको निर्णयसँगै यातायात व्यवसायी दशैंको अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका छन् ।

२०६९ सालमा सार्वजनिक यातायातको भाडा पुनरावलोकन भएको थियो ।


क्लिकमान्डु