गरिमाले १० प्रतिशत बोनस शेयर दिने



 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट लगानीकर्तालाई नगद लाभांश तथा बोनश सेयर दिने भएको छ ।

बैंकको चुक्तापूँजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९ सय ९७ रुपैयाँ रहेको छ । सो चुक्तापूँजीको बैंकले ३.७५ प्रतिशत नगद लाभांश र १० प्रतिश बोनश सेयर दिने भएको हो ।

यसैबीच बैंकको १२ औं वार्षिक सधारण सभा असोज २६ गते पोखरामा हँुदैछ । सो प्रयोजनकोलागि बैंकले असोज १२ गतेदेखी २६ गते सम्म सेयरधनी दर्ता किताब समेत बन्द हुने कम्पनी सचिव माधवप्रसाद उपाध्यायले जानकारी दिए ।


क्लिकमान्डु