मञ्जुश्रीद्वारा ९ प्रतिशत नगद लाभांस बितरण गर्ने घोषणा



काठमाडौं । मञ्जुश्री फाईनान्सले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने भएको छ । फाइनान्सको असोज ५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

फाइनान्सको चुक्तापूँजी ८० करोड ४० लाख ६० हजार २ सय १० रुपैयाँ रहेको छ । सो चुक्तापूँजीको नगद लाभांश ९ प्रतिशतका दरले हुन आउने ७ करोड २३ लाख ६५ हजार ४ सय १९ रुपैयाँ फाइनान्सले वितरण गर्ने छ ।

यसरी प्रस्ताव गरिएको लाभांश भने नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी फाइनान्सको साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत नारायण सुवेदीले बताए ।


क्लिकमान्डु