यो साता नेप्सेमा २४.९१ प्रतिशतले कारोबार बढ्यो



काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २४.९१ प्रतिशतले कारोबार रकम बृद्धि भएको छ ।

नेप्सेका अनुसार १८९ कम्पनीले कारोबार गरेका छन् । २७ हजार ७ सय पटक कारोबार हुँदा कारोबार रकम भने २ अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ पुगेको छ । सेयर बजारमा यसै साता मात्रै ९० लाख ७० हजार ७ सय ७० कित्ता सेयर किनबेच भयो ।

अघिल्लो साता १८६ कम्पनीको कारोबार भयो । सोही बेला २३ हजार ६ सय ११ पटक कारोबार हुँदा कारोबार रकम २ अर्ब १० करोड १५ लाख ६५ हजार पुग्यो । सेयर भने १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता सेयर खरिद बिक्री भएको थियो ।

कारोबार रकमको आधारमा हेर्दा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । एनएमबिको १९ करोड ९० लाख ५० हजार रुपैयाँ कारोबार भयो । यसरी नै काराबार संख्याको आधारमापनि एनएमबि बैंककै स्थान अगाडि रहेको छ । उक्त बैंकले ५ लाख ५३ हजार कित्ता सेयर किनबेच गरेको छ ।

यसरी नैसर्वाधिक कारोबार गर्ने कम्पनीमा एनएमबि बैंक, एनआइसी एसिया बैंक, सानीमा माई हाइड्रोपावर कम्पनी, नेपाल बैंक र प्रभु बैंक रहेका छन् । देव विकास बैंकको बोनश सेयर समेत यस सातामा सूचीकृत भएको नेप्सेले जनाएको छ ।


क्लिकमान्डु