शाइन रेसुङ्गाले १७ प्रतिशत बोनश सेयर वितरण गर्ने



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आर्थिक बर्ष ०७४\७५ को नाफाबाट लगानीकर्तालाई बोनश सेयर दिनकालागि नेपाल राष्ट्र बैंकको स्विकृति प्राप्त गरेको छ ।

बैंकले चुक्तापूँजीको १७.७० प्रतिशतका दरले २४ करोड ४० लाख ४९ हजार ८ सय ६० रुपैयाँ बराबरको बोनश सेयर दिने भएको हो । यस्तै, कर प्रयोजनको लागि भने बैंकले ०.९३ प्रतिशतले हुन आउने १ करोड २८ लाख ४४ हजार ७ सय २९ रुपैयाँ वितरण गर्ने जनाएको छ ।

बोशस सेयर आगामी १० औं साधारण सभाले पारित गरेपछि वितरण गरिने प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।


क्लिकमान्डु