बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने, यी हुन् बिजुली अबरुद्ध हुने ठाउँ



काठमाडौं । सडक विस्तारका कारण वालाजु क्षेत्रमा शुक्रबार दिनभर बिद्युत जाने भएको छ । प्राधिकरणको वालाजु वितरण केन्द्रका अनुसार शुक्रबार विहान बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म (आवश्यकता अनुसार) विजुली जाने छ ।

केन्द्र प्रमुख सुरज रेग्मीले बनस्थली चौकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा वत्ति जाने जानकारी दिए ।

बालाजु–धर्मस्थली फिडर अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा वत्ति जाने छ ।

बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितलास्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत जाने प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु