पौने ४ अंकले घट्यो नेप्से, साढे ५५ करोडको कारोबार




काठमाडौं । साताको पाचौं दिन बिहिवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ेको छ । नेप्से परिसूचक ३.७४ अंकले घटेको हो । ०.३० प्रतिशतले घट्दा परिसूचक १२५५.०७ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार बिहिबार सेयर बजारमा १६७ कम्पनीका सेयर कारोबार भए । ४१ लाख १३ हजार २ सय २ कित्ता सेयर किनबेच हुँदा ५५ करोड ५० लाख ६१ हजार ५ सय २ रुपैयाँको कारोबार भयो ।

नेप्सेका ३ सूचक बढेका छन् ।

होटल २०.५७, विकास बैंक ४.६९ र अन्य १.८३ अंकले बढेका छन् ।

बैंक १.६५, जलविद्युत ७.७९, वित्तीय ०.४८, निर्जिवन बीमा १०७.४८, उत्पादनमूलक समूह ५.५१, माइक्रोफाइनान्स ५.०६ र जीवन बीमा समुह ७९.८१ अंकले घटे्का छन् ।

बजार घटेको दिन ग्लोबल आईएमई समुन्नत स्किम १ का लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् ।

सिनर्जी पावर डेभलपमेण्टका लगानीकर्ताले ५.८८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु