मितेरी डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस शेयर दिने



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले बोनश सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट सेयरधनी लगानीकर्ताहरुलाई १७ प्रतिशत बोनश शेयर तथा त्यसमा लाग्ने करका लागि ०.८९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको हाल कायम चुक्तापूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । यसरी बैंकले गरेको बोनस शेयर र नगद लाभांश सम्बन्धी निर्णय राष्ट्र बैंकको स्विकृति पश्चात बैंकको साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले जनाए ।


क्लिकमान्डु