युनिलिभरको शेयर कारोबार फुकुवा
काठमाडौं । युनिलिभर नेपालको धितोपत्र सूचीकरण स्थगन फुकुवा भएको छ कानुनी प्रावधानमा बजार मूल्यलाई प्रभाव पार्ने सूचना निर्णय हुना साथ तत्काल उपलब्ध गराउनु पर्ने प्रावधानमा रहेपनि युनिलिभरले सो कुरा उल्लङ्घन गरेको थियो ।
सोही कारण कम्पनीले पेश गरेको स्पष्टीकरण नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले सन्तोषजनक मानेन । साथै, आम लगानीकर्ताले पाउनुपर्ने सूचना चुस्तदुरुस्त राख्नका लागि यस्ता गल्ती नदोहोरयाउन पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले सचेत गराएको सूचीकरण शाखाका कायममुकायम वरिष्ठ अधिकृत सर्मिला पाठकले जानकारी दिइन् ।
गत आइतबार लगानीकर्तालाई समयमै दिनुपर्ने सूचना नदिई लगानीकर्ताको सूचनाको हक कुण्ठित गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोध्दै सेयर कारोबार गर्न रोक लगाएको थियो ।
आगामी दिन गल्ती नदोहो¥याउन सचेत गराउँदै आजदेखि युनिलिभरको कारोबार गर्न बाटो खुला भएको नेप्सेले जनाएको छ ।