त्रिविको दिक्षान्तमा अनलाइनबाटै फाराम भर्न पाउने




काठमाडौ । त्रिभुवन विश्वविद्यालयले यसै वर्षदेखि दिक्षान्त समारोहमा भाग लिन चाहने विद्यार्थीका लागि अनलाइबाटै फाराम भर्न सक्ने व्यवस्था मिलाएको छ ।

अनलाइनबाटै फाराम भर्न पाउने भएपछि फाराम लिन तथा बुझाउन, पैसा तिर्न लाइन बस्नुपर्ने झन्झटबाट विद्यार्थीले मुक्ति पाउने भएका छन् ।

देशको सबैभन्दा ठुलो विश्वविद्यालय भए पनि प्रविधिमैत्री बन्न नसकेको तथा सधै कागज र ढडडामा सिमित भएको आरोप खेप्दै आएको त्रिविको यो कदमले बेथितिबाट वाक्क भएका विद्यार्थीलाई केही राहत मिल्ने छ ।

यो व्यवस्थासँगै राजधानी बाहिर बस्ने विद्यार्थीले पनि फाराम भर्न पाउने र दिक्षित हुन एकैपटक काठमाडौ आउदा हुने भएको छ । यो व्यवस्था नहुँदा पटक पटक विश्वविद्यालय धाउनु पर्ने बाध्यता थियो ।

यसरी अनलाइनबाटै फाराम भर्नका लागि www.tu.graduationnp.com मा गई आवश्यक प्रकिया पु¥याउनु पर्ने छ भने पैसा भुक्तानीका लागि इसेवा प्रयोग गर्न सकिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।


क्लिकमान्डु