सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरमा पल्सर



काठमाडौं । नेपालकै सबैभन्दा लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ ।

एक कार्यक्रमका बीच उक्त कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाई बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार पल्सर आगामी तिन बर्ष सम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ ।
एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘हामीले नेपालकै प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगसँग सहकार्य गर्न पाएकोमा गौरवान्भित महशुस गरेका छौं, साथै देशकै प्रतिष्ठित लिगको मुख्य प्रायोजकको रुपमा साझेदार हुन पाएकोमा अत्यन्त खुसी पनि छौं । हामीले सधै खेलकुदमा युवाहरुलाइ प्रोत्साहित गर्नुका साथै सहयोग समेत प्रदान गर्दै आएका छौ ।’


क्लिकमान्डु