नेप्सेले भन्योः अबको २ महिनापछि सेयरकाे अनलाइन कारोबार लाइभ हुन्छ




काठमाडौं । सेयरको अनलाइन कारोबारको लागि अझै २ महिना कुर्नुपर्ने भएको छ । २०७५ असार मसान्तदेखि नै सुरु गर्ने भनिएको अनलाइन ट्रेडिङको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले फेरि २ महिनाको भाका राखेको हो ।

असोज १ गते (आज) नेप्सेले सरोकारवाला पक्ष समेत राखेर गरेको पत्रकार सम्मेलनमा अबको २ महिनापछि अनलाइन ट्रेडिङको लाइभ सुरु हुने जानकारी दिएको हो ।

‘अनलाइन ट्रेडिङ सुरु हुन्छ कि हुदैन भन्ने दुविधामा नरहनुहोस्, अबको २ महिना पछिदेखि सेयरको अनलाइन ट्रेडिङ लाइभ सुरु हुन्छ,’ पत्रकार सम्मेलनमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदले भने ।

अनलाइन ट्रेडिङको लागि नेप्सेले डाटा सेन्टर बनाइ रहेको पनि साउदले दाबी गरे ।

अनलाइन ट्रेडिङको लागि नेप्सेले मोक ट्रेडिङको काम भोलिदेखि सुरु गर्ने छ । अनलाइन ट्रेडिङको काम गर्ने जिम्मा पाएको वाइकोले परिक्षणको लागि मोक टे«ेडिङको काम भोलिदेखि सुरु हुने छ ।

जसमा वाइकोले ब्रोक्रर कम्पनीलाई युजरनेम र पासवर्ड दिने छ । त्यसपछि बोक्रर कम्पनीले लगानीकर्तालाई युजरनेम र पासवर्ड दिनेछन् । त्यो प्रयोग गरेर लगानीकर्ताले सेयर खरिदबिक्रीको अर्डर गर्न सक्नेछन् । सेयर किनबेच भए नभएको पनि सिस्टममा देखिने छ ।


क्लिकमान्डु