काम गर्न नसकेर महाप्रवन्धक छाडेका मदन खरेललाई सरकारले बनायो वायुसेवा निगमको कार्यकारी अध्यक्ष



काठमाडौं । नेपाल वायुसेवा निगममा सरकारले विवाद बढाउने गरेर कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ ।
आइतबार राती बसेको मन्त्रीपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।

निगमको व्यवस्थापिक अधिकार सहित महाप्रवन्धकको जिम्मेवारीमा सुगतरत्न कंसाकार छन् । सरकारले कार्यकारी अध्यक्ष सहित खरेललाई नियुक्त गरेपछि निगममा काम संचालनमा विवाद हुने देखिन्छ ।

२०७० साल जेठमा महाप्रवन्धक भएका खरेलले काम गर्न नसकेर एकवर्षमा राजिनामा दिएका थिए ।


क्लिकमान्डु