रोयल इन्डफिल्डको थन्डरबर्ड ३५० एक्स र क्लासिक गन मेटल ग्रे ३५० सि.सि. नाडा अटो शोमा



काठमाडौं । नाडा अटो शोको अवसरमा Eicher मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्डथन्डरबर्ड ३५० एक्स्मोडल र क्लासिक गन मेटल ग्रे ३५० सिसि अनावरण गरिएको छ ।

रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रालिले उक्त बाइक भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी नाडा अटो शोमा सार्वजनिक गरेको हो ।

उक्त बाइक रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित बाइक रहेको कम्पनीले जनाएको छ ।

उत्कृष्ट डिजाइनको उक्त थन्डरबर्ड एक्स् बाइक बिएस फोर मोडल , टिउबलेस टायर, अलोह्वील, ह्यान्डलबार,का साथै सेतो तथा रातो रङ्गमा उपलब्ध रहेको छ । क्लासिक गन मेटल ग्रे तर्फ बिएस फोर मोडल, डबल डिक्स, ब्राउन सिट कभर बिशेषता रहेको छ ।


क्लिकमान्डु