नोभेल एकेडेमी र भारतको सिंहानिया इन्स्टिच्युटबीच सम्झौता



काठमाण्डौ । नोभेल एकेडेमी पोखरा र भारतको उत्तर प्रदेश कानपुरमा रहेको डा. गौर हरि सिंहानिया इस्न्टिच्युट अफ म्यानेजमेन्ट एण्ड रिसर्चबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर (एमओयु) भएको छ । ५औं इन्टरनेशनल समिट ह्युमन रिसोर्स २०१८ को अवसरमा सम्झौता गरिएको हो ।

नोभेल एकेडेमीका अध्यक्ष विशेश्वर आचार्य र इस्न्टिच्युट अफ म्यानेजमेन्ट एण्ड रिसर्चका निर्देशक प्रो.डा. राकेश प्रेमीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्य अतिथि विशेश्वर आचार्यले नेपालको शैक्षिक क्षेत्रमा नोभेल एकेडेमीले महत्वपूर्ण योगदान पु¥याएको बताए ।

सम्झौताले कलेजको क्षमता बृद्धिसँगै र दक्ष जनशक्ति उत्पादनमा अझैबढी योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । नेपालको प्रतिष्ठिन शैक्षिक संस्था नोभेल एकेडेमीसँग सहकार्य गर्न पाउँदा आफूहरु हर्षित रहेको निर्देशक राकेश प्रेमीले बताए ।


क्लिकमान्डु