रामदेवको पतन्जलीले बजार खोसेपछि युनिलिभरले दियो ६ वर्ष यताकै कम लाभांश



काठमाडौं । युनिलिभर नेपालले प्रतिसेयर ७ सय रुपैयाँ लाभांश दिने घोषणा गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत कम्पनीमा सबैभन्दा महंगो सेयर मूल्य कम्पनी यु्निलिभर नै हो ।

सबैभन्दा बढी लाभांश घोषणा गर्ने कम्पनीपनि युनिलिभर नै हो । युनिलिभरमा एक हजार कित्ता सेयर भएका सेयरधनीले नगद लाभांश मात्र ७ लाख रुपैयाँ बुझ्ने छन् ।
तर,यो लाभांश पछिल्लो ६ वर्ष यताकै सबैभन्दा कम हो ।

युनिलिभरले अहिलेसम्म सबैभन्दा बढी लाभांश आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट गत आर्थिक वर्षमा प्रतिकित्ता १२७० रुपैयाँ दिएको छ । एकवर्षमा मात्र युनिलिभरले दिएको लाभांश ४४ प्रतिशतले घटेको छ ।

युनिभिलरले गत आर्थिक वर्ष २०७४/७५ मा ४ अर्ब र ८६ करोड रुपैयाँ वस्तु बिक्री गरेको थियो । ९९ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो ।

आर्थिक वर्ष २०७३÷७४ मा युनिलिभरले ४ अर्ब ४४ करोड रुपैयाँको वस्तु बिक्री गरेको थियो । नाफा ९६ करोड ५२ लाख रुपैयाँ थियो । युनिलिभरले प्रकाशित गरेको वित्तीय विवरणमा उत्पादन लागत बढ्दै गएको र सो अनुसारको बिक्रीको अनुपात बढ्न नसकेको देखिन्छ ।

आर्थिक वर्ष २०७१/७२ मा ४ अर्ब ८८ करोड रुपैयाँ बस्तु बिक्री युनिलिभरले गरेको थियो । त्यसको अर्को वर्ष भूकम्प र भारतीय नाकाबन्दीको कारण बिक्री घटेपनि बिक्रीले २०७१÷७२ को रेकर्ड छोएको छैन । बिक्री घटेपनि नाकाबन्दी भएको वर्ष युनिलिभरले सबैभन्दा बढी नाफा १२ करोड गरेको थियो ।

भारतीय योगगुरु रामदेवको पतन्जलीले युनिभिलरको मार्केट सेयर लिएको छ । जसले गर्दा युनिलिभरले व्यवसाय बढाएको छैन । उत्पादन लागत बढेको छ ।

अन्य लागत बढेपछि गत आर्थिक वर्ष २०७४/७५ मा युनिलिभरले ब्रान्डिङ तथा कार्यालय संचालनको खर्च घटाएको देखिन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा ४१ लाख १४ लाख रुपैयाँ खर्च गरेको युनिलिभरले गत आर्थिक वर्षमा ३७ करोड ६९ लाख रुपैयाँ खर्च गरेको थियो । यस्तै कार्यालय संचालनको खर्च आर्थिक वर्ष २०७३/७४ मा २७ करोड ७४ लाख गरेकोमा गत आर्थिक वर्षमा १६ करोड १६ लाखमा झारेको छ ।


क्लिकमान्डु