प्रदेश ३ मन्त्री परिषद बैठकले गर्यो यस्ता ६ निर्णय



हेटौंडा । ३ नम्बर प्रदेशको मन्त्री परिषदको बैठक विहीबार बसेको छ । ३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले छ वटा निर्णय गरेको छ ।

बैठकबाट सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश प्राविधिक शिक्षा परिषद स्थापना र संचालन गर्न बनेको विधेयक २०७५, प्रदेश खेलकुद विकास गर्ने सम्न्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक २०७५ स्विकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक (अवधारणा) स्विकृत सम्बन्धमा, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश सार्वजानिक खरिद सम्बन्धमा अन्तरिम कानुनी व्यवस्था गर्न बनेको कार्यविधि २०७५ को मस्यौदा स्वीकृति सम्बन्धमा ,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सैद्धान्तिक स्वीकृति दिने सम्बन्धमा निर्णय गरिएको प्रवक्ता ढुंगेलले जानकारी दिए ।

बैठकमा मुख्य मन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाललगायत सहभागी थिए ।


क्लिकमान्डु