१४.१३ अंकले बढ्यो नेप्से, कारोबार रकममा उल्लेख्य बृद्धि




काठमाडौं । साताको शुरुका २ दिन नेप्से परिसूचक ओरालो लागेको भएपनि पल्छिला तिनै दिन उकालो लागेको छ । पछिल्ला तीन दिन परिसूचक बढेपछि सेयर लगानीकर्ताहरु पनि उत्साहित भएका छन् ।

साताको चौथो दिन बुधबार र अन्तिम दिन विहीबार दोहोरो अंकले परिसूचक बढ्दा कारोबार रकममा पनि उल्लेख बृद्धि भएको छ ।

साताको अन्तिम दिन आज नेप्से परिसूचक १४.१३ अंकले बढेको हो । १.१५ प्रतिशतले बढ्दा परिसूचक १२४४.८४ बिन्दुमा पुगेको छ ।

आज सेयर बजारमा १७३ कम्पनीले कारोबार गरे । २७ लाख ११ हजार १ सय १० कित्ता सेयर किनबेच हुँदा ७२ करोड ९८ लाख ५ हजार ५ सय ४६ रुपैयाँको कारोबार भयो ।

आज नेप्सेको ३ सूचक रातो भए भने अन्यमा हरियाली देखियो । बैंक १६.२, होटल ३२.१९, विकास बैंक ११.२७, जलविद्युत ४.५३, वित्तीय २.२, उत्पादनमूलक २.०६ र अन्य २२.२९ अंकले बढेका छन् ।

निर्जीवन बीमा समूह ४१.४१, माइक्रोफाइनान्स ०.६९ र जीवन बीमा ११.१८ अंकले घटेका छन् ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.७७ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् ।

यस्तै, भार्गव विकास बैंकका लगानीकर्ताले ४.५४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु