कालीकाले आजदेखि खोल्यो आइपीओ, न्यूनतम ५० र अधिकतम ६ हजार कित्ता आइपीओ भर्न सकिने



काठमाडौं । कालीका पावर कम्पनीले साधारण सेयर (आइपीओ) को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको छ । ११ लाख १६ हजार कित्ता साधारण सेयर सर्बसाधारणमा निष्काशन गरिएको हो ।

कम्पनीले प्रति कित्ता सय अंकित दरमा १२ लाख कित्ता मध्ये २४ हजार कित्ता सेयर कर्मचारीहरुको लागि सुरक्षित र ६० कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरेको थियो ।

साधारण सेयरको निष्काशन भदौ २८ गतेदेखी भएको हो । साथै छिटोमा असोज १ गते तथा ढिलोमा असोज २८ गते आइपीओ भर्न बन्द हुनेछ । न्यूनतम कित्ता ५० र अधिकतम ६ हजार कित्ता आइपीओ भर्न पाइने छ ।

आइपीओ भर्नका लागि काठमाडौं क्यापीटल मार्केट लिमिटेड, कमलादी, काठमाडौं प्लाजा, वाइ ब्लकमा सम्पर्क गर्न सकिन्छ । यस्तै, ग्लोबल आइएमई क्यापीटल लिमिटेड जमल नाचघरमा सम्पर्क गर्न सकिन्छ ।

कम्पनीले जारी गर्न लागेको सेयर निष्काशनलाई नेपाल धितोपत्र बोर्डबाट क्रेडीट रेटिङ् सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्था इक्रा नेपालको आएसिआरएनपि आईपिओ ग्रेड ४ प्राप्त छ ।

सो ग्रेडले औषत भन्दा तलका आधारहरुलाई जनाउँछ । इक्रा नेपालले १ देखि ५ पोइन्ट ग्रेडिङमा प्रदान गर्दछ । जसमा १ ग्रेडले बलियो तथा ५ ले कमजोर आधारलाई जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

कालीका पावर कम्पनीको धितोपत्र निष्काशक तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेड र सह बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।


क्लिकमान्डु