१३.०६ अंकले बढ्यो नेप्से, ४३ करोडको कारोबार



काठमाडौं । साताको तेश्रो दिनबाट उकालो लाग्न थालेको नेप्से परिसूचक आज चौथो दिन बुधबारपनि बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधवार १३.०६ अंकले बढेको हो । १.०७ प्रतिशतले परिसूचक बढ्दा १२३०.७१ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा आज १६५ कम्पनीले कारोबार गरेका छन् । १३ लाख ९३ हजार ६ सय ४९ कित्ता सेयर किनबेच हुँदा ४३ करोड २९ लाख ५७ हजार ६८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका ३ सूचक राता देखिएका छन् भने बाँकी सूचकमा हरियाली छायो ।

बैंक १३.९८, विकास बैंक १४.८४, हाइड्रोपावर ४.८१, निर्जीवन बिमा ११३.५२, अन्य ७.१९, माइक्रोफाइनान्स १५.८८ र जीवन बीमा ३.९८ अंकले बढेका छन् ।

त्यसैगरी, होटल समूह १.४१, फाइनान्स २.२३ र उत्पादनमूलक समूह २.६८ अंकले घटेका छन् ।

आज रिडी हाइड्रो पावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२६ प्रतिशतले नाफा कमाएका छन् ।

यस्तै, आइसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५.७८ प्रतिशतले घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु