रिडी हाइड्रोपावरले ६ प्रतिशत बोनश सेयर दिने



काठमाडौं । रिडी हाईड्रोपावरले आर्थिक बर्ष ०७४\७५ को नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बोर्ड बैठकले ६ प्रतिशत बोनश सेयर र त्यसको कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

संञ्चालक समितिले घोषण गरेको उक्त लाभांश कम्पनीको आगामी असोज २० गते हुने साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।
कम्पनीले नेप्सेलाई पत्राचार गर्दै उक्त लाभांश घोषणा गरेको जानकारी गराएको हो ।


क्लिकमान्डु